स्वास्थ्यजस्तो गम्भिर कुरामा खेलाची नगर्न मुख्यमन्त्रीलाई नेविसँघ कास्कीको चेतावनी

nb

जेठ १४, कास्की,

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अक्सिजन अभावको कारण कोरोना संक्रमितहरुले ज्यान गुमाउनु परेको घटनालाई नेविसँघ कास्कीले उनीहरुको मृत्यु नभएर हत्या भएको बताएको छ ।

नेबिसँघ कास्की निर्वतमान सभापति बिकास थापाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा सरकारले जिम्मेबारीबाट पन्छन खोज्दा संक्रमितहरुको हत्या भएको भन्दै निन्दा गरिएको छ ।

विज्ञप्तिमा स्वास्थ्यजस्तो गम्भिर कुरामा खेलाची नगर्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्विी सुब्बा गुरुङलाई चेतावनी दिएका छन् । थापाले बिज्ञप्ती मार्फत मुख्यमन्त्री स्वंयले विभिन्न समयमा स्वास्थ्य मापदण्ड मिचेको आरोप लगाउनुभएको छ ।

बिज्ञप्तीमा आगामी दिनमा जनताको स्वास्थ्य अवस्थाप्रति गम्भिर बन्न गण्डकी प्रदेश सरकार र अस्पताल प्रशासनलाई आग्रह पनि गरिएको छ ।