नवनियुक्त मन्त्रीहरुलाई पारदर्शी ढंगले काम गर्न गण्डकीका मुख्यमन्त्री पोखरेलको निर्देशन

CM-Direction-to-minister pic

साउन १०, कास्की,

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवनियुक्त मन्त्रीहरुसहित प्रमुख सचिव र सचिवलाई १७ बुँदे निर्देशन दिनुभएको छ । उनीहरुलाई कार्यालयमै डाकेर पोखरेलले आज (आइतबार) पारदर्शी ढंगले काम गर्न निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री पोखरेलले गण्डकी सरकार प्रजातान्त्रिक मूल्य मान्यताको जगेर्ना गर्दै जनतालाई प्रजातान्त्रिक लाभको न्यायोचित वितरण गर्न दत्तचित्त भएको उल्लेख गर्नुभएको छ । जनता सरकारको दैलोमा होइन सरकार जनताको दैलोमा सेवा पु¥याउन प्रतिवद्ध रहेको आभास दिने गरी काम गर्न उहाँले मन्त्री तथा सचिवहरुलाई निर्देशन दिनुभएको छ ।

प्रदेश सरकारको श्वेतपत्र, वार्षिक नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना, क्षेत्रगत नीति, मन्त्रालय र अन्तरगतका वार्षिक कार्यक्रमहरूलाई निर्धारित अवधिभित्र सम्पन्न गर्न सबैले क्षमता र सामथ्र्यको पूर्ण उपयोग गर्नेमा विश्वास लिनुभएको छ । साथै सिमित स्रोत साधनको अधिकतम परिचालनमा ध्यान दिइँदै प्रदेशको विकासमा दत्तचित्त भएर लाग्ने उहाँको भनाई छ ।

सबै मन्त्रालयहरूबाट सम्पादन हुने कार्यहरूको परिणाम सहितको प्रगति प्रतिवेदन महिना समाप्त हुनासाथ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तत्काल पठाउने व्यवस्था मिलाउन समेत उहाँले आग्रह गर्नुभएको छ ।