नेपाललाई झाँक्रीको सुझाव : “अलमल गर्नु हुन्न”

ramkumari-jhakri

बैशाख ३०, काठमाण्डौ,

नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले कुनै प्रस्ताव र लिखित सहमति विनाको संवादको कुनै अर्थ नभएको बताउनुभएको छ । बिहीवार दिउँसो प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटप्रति लक्षित गर्दै नेत्री झाँक्रीले नेपाललाई न अलमलिन सुझाव दिनुभएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेत्री झाँक्रीले नागरिक, लोकतन्त्र र संविधानको रक्षाका लागि विद्रोह मात्र आफूहरूको एकमात्र विकल्प भएको बताउनुभएको छ । बिहीवार दिउँसो केपी ओली र माधवकुमार नेपालबीच बूढानीलकण्ठमा भेटवार्ता भएको थियो । भेटवार्ताबाट दुबै नेता बाहिरिएको भएपनि भेट बारे दुबै पक्षबाट कुनैपनि कुरा बाहिरिएको छैन ।