बुधबार नेप्से ५५ अङ्कले बढ्यो

nepsee

जेठ १९, काठमाण्डौ,

शेयर बजार परिसूचक नेप्से झण्डै ५६ अङ्कले बढेको छ । सबैजसो समूहको शेयर बढेर हरियो भएको बजार ५५ दशमलव ७६ अङ्कले बढेर २८ सय २७ दशमलव १३ विन्दुमा पुगेको छ ।

आज बैंकिङ समूहको शेयर आठ अङ्कले, होटल समूहको ९२ अङ्कले, विकास बैंकको दुई सय २५ अङ्कले, जलविद्युतको ८२ अङ्कले, फाइनान्सको एक सय ३७ अङ्कले, जीवन बीमा समूहको तीन सय ७४ अङ्कले, निर्जीवन बीमा समूहको शेयर चार सय ७९ अङ्कले, अन्यको एक सय १० अङ्कले र उत्पादन समूहको शेयर एक सय ३६ अङ्कले बढेको छ ।

बुधवार दुई सय १९ कम्पनीका दुई करोड २६ लाख कित्ता शेयर ११ अर्ब ३५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको एक अर्ब ३७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।