कांग्रेसका सांसद श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

umesh shrestha

साउन १०, काठमाण्डौ,

नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ अनुसार उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

श्रेष्ठ लिटिल एञ्जेल्स स्कुलका सञ्चालक हुनुहुन्छ । थुप्रै व्यवसायमा लगानी गर्नुभएका श्रेष्ठलाई नेपाली कांग्रेसले समानुपातिक तर्फको कोटामा सांसद बनाएको हो ।