गण्डकी प्रदेशमा काँग्रेसलाई सहयोग गर्न जनमोर्चाद्धारा ह्विप जारि

piyari thapa

बैशाख २७, पोखरा

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजिनामा दिएपछि गण्डकी प्रदेश सरकार निर्माणका लागि सत्ता पक्ष र प्रतिपक्षको दौडधुप चलिरहेको छ । सरकार निर्माणको लागि जनमोर्चाले आफ्नो सांसदहरुलाई काँग्रेस नेतृत्वको सरकार निर्माण गर्नका लागि ह्विप जारी गरेको छ ।
जनमोर्चाकी सचेतक पियारी थापाले आफ्नो लेटरप्याडमा पत्र लेख्दै काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल (नेपाली)लाई मुख्यमन्त्रीमा मतदान गर्न ह्वीप जारी गर्नुभएको छ ।