कोभिशिल्ड खोप नआएपछि पोखरामा जेठ २७ गते बाट ६२ देखि ६४ वर्ष उमेर समुहकालाई ‘एस्ट्राजेनिका’ खोप लगाइने (खोप केन्द्रको तालिकासहित)

khop

जेठ २४, पोखरा,

कास्कीको पोखरा महानगरमा आगामी जेठ २७ गते बाट कोभिड विरूद्धको खोप लगाइने भएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार पोखराका विभिन्न वडाका ६२ देखि ६४ वर्ष उमेर समुहका जेष्ठ नागरिकलाई कोभिड विरूद्धको खोप लगाइने भएको हो ।

सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने निणर्य गरेसँगै पोखरामा पनि सोको तयारी गरिएको स्वास्थ्य महाशाखाले जनाएको हो ।

कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोभिशिल्ड’ को सट्टामा उस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनिका’ दिने भएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले भारतबाट कोभिशिल्ड खोप नआए पनि त्यसको विकल्पमा दोस्रो मात्राको खोप एस्ट्राजेनिका लगाइने भएको जानकारी दिनुभयो । उहाँले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने बताउनुभयो ।

खोप लगाउने उमेर समुहका जेष्ठ नागरिकले निम्न वडामा सम्पर्क गर्नुपर्नेछ :