शेयर बजारमा झन्डै १० अर्ब रुपैयाँको मात्र कारोबार

Share_nepse_market

असार २८, काठमाण्डौ


आइतवार ७४ अङ्कले बढेको शेयर बजार परिसूचक सोमवार भने ४५ अङ्कले घटेको छ । म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेपछि नेप्से ४५ दशमलव शून्य ६ अङ्कले घटेर दुई हजार आठ सय ५४ दशमलव ७६ विन्दुमा झरेको छ ।
बैंकिङ समूहको शेयर साढे २२ अङ्कले, विकास बैंकको शेयर ९८ अङ्कले, व्यापार र जलविद्युतको ६० अङ्कले, होटलको एक सय ६ अङ्कले र उत्पादन समूहको शेयर एक सय १८ अङ्कले घटेको छ ।
यस्तै फाइनान्स समूहको शेयर २१ अङ्कले, माइक्रोफाइनान्स समूहको शेयर ७२ अङ्कले, जीवन बीमा समूहको दुई सय ५४ अङ्कले, निर्जीवन बीमा समूहको शेयर दुई सय ४० अङ्कले, अन्यको ३१ अङ्कले र लगानी समूहको शेयर झन्डै तीन अङ्कले घटेको छ ।
सोमबार दुई सय २९ कम्पनीका दुई करोड ६० लाख कित्ता शेयर नौ अर्ब ९८ करोड रुपैयाँमा किनबेच भएका छन् ।