साउन १४, हेटौँडा,
जिल्ला प्रहरी कार्यालय मकवानपुरले ६५ किलो गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरी टोलीले हेटौंडा–१९ नेवारपानीमा मनहरीबाट हेटौँडा आउदै गरेको बा ११ च ९५०९ नम्बरको स्कारपियो गाडीबाट ६५ किलो लागु औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको जि.प्र.का. मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायक उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
प्रहरीले सवारी साधन चालक चितवन जिल्ला भरतपुर महानगपालिका–२० चनौली बस्ने रोशन परियार र सोही गाडीमा सवार राक्सिराङ गाउँपालिका–६ बस्ने ललित तामाङलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रिमालले बताउनुभयो ।