पोखरा आउंदै गरेको बसबाट लागु औषध सहित पर्वतका २ युवा तनहुँमा पक्राउ

laguausad

साउन ५, तनहुँ,

पोखरा आऊँदै गरेको यात्रुवाहक बसबाट अवैध लागु औषध सहित दुई युवक पक्राउ परेका छन् ।

मंगलबार दिउँसो करिब साढे ४ बजेको समयमा बुटवलबाट पोखरातर्फ आउंदै गरेको बसबाट पर्वत जिल्ला कुश्मा नगरपालिका –५ बस्ने २६ वर्षीय बिकु मगर र सोही ठेगाना भएका २५ वर्षीय उमेश क्षेत्री पक्राउ परेको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार तनहुँको ब्यास नगरपालिका –२ भोर्लेटारचोक स्थित पृथ्बी राजमार्गमा खटिएको प्रहरीको पिकेट टोलीले उक्त बसलाई चेक जाँच गर्ने क्रममा उनीहरुको साथबाट फेनेरागन ४६ एम्पुल, डाइजेपाम ४६ एम्पुल र नुर्फिन ४६ एम्पुल गरी जम्मा १३८ एम्पुल लागु औषध वरामद गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।