सिसिएमसीमा छलफल : विद्यालय कहिले खोल्ने ?

ccmc_meetingfile

साउन १४, कास्की,

बढीमा एक सय जनासम्म विद्यार्थी भएका देशभरका विद्यालय खोल्न दिनुपर्ने विषयमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकमा छलफल भएको छ । बिहीबार सिसिएमसीको संयोजक बालानन्द शर्माको अध्यक्षतामा बसेको बैठकले यस विषयमा छलफल भएको हो ।

school

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले छलफल मात्रै भएकाले सहमति भने नभएको जानकारी दिनुभयो । उहाँका अनुसार अबको एक दुई दिनमा सहमति हुने संकेत मिलेको छ । छलफल भएको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउने र सोहीअनुरूप निर्णय लिइने भण्डारीले बताउनुभयो ।

वैशाख १६ गते निषेधाज्ञा जारी भएदेखि बन्द भएको शैक्षिक संस्थाहरू अहिलेसम्म पनि सञ्चालनमा रोक लगाइएको छ ।