गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले बिहिबार विश्वासको मत लिँदै,,सभामुख अधिकारिको राजिनामा बारे चर्चा

gandaki

जेठ २६, पोखरा,

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेश सभाबाट विश्वासको मत लिनका लागि मुख्यमन्त्री गुरुङले मंगलबार प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको हो ।

यसअघि वैशाख २६ गते मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिनुभएको थियो । उहाँको राजिनामा पछि प्रदेश प्रमुख सीता कुमारी पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएकोमा दलहरूले बहुमत प्रदेश सांसदहरुको हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेश गर्न नसकेपछि प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतले बैशाख २९ गते नेकपा एमालेका संसदीय दलका नेता गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

बहुमत प्रदेश सदस्यहरुको समर्थन नभएर अल्पमतको सरकारको नेतृत्व गर्ने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ संवैधानिक व्यवस्था अनुरुप उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।

यसैबिच
यतिबेला गण्डकी प्रदेशमा सभामुख नेत्रनाथ अधिकारिको राजिनामा बारेको चर्चाले प्राथमिकता पाएको छ । सत्ता पक्ष पनि प्रतिपक्षी पनि अल्पमतमा रहेको अवस्थामा सभामुखले पदबाट राजिनामा दिएर बिपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर गर्न सक्ने कुरालाई लिएर बहस सिर्जना भएको हो ।

सभामुखले राजिनामा दिने व्यबस्थाबारे संबिधानमा स्विकृत गर्नुपर्ने अवस्था नभएको माओबादीका एक सांसदले बताउनुभयो ।

सभामुखको राजिनामालाई स्विकृत गर्न नसक्ने भएपछि माओबादी तर्फबाट सांसद भएका सभामुखले आफ्नो पदबाट राजिनामा दिनसक्ने अनुमान गरिएको छ ।