बिहीबार हुने राष्ट्रियसभा उपनिर्वाचनको तयारी सकियो, बादल र देवकोटा हेटौंडामा

nirwaachan

जेठ ५, कास्की,

बिहीबार हुने राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा भएको छ । बागमती प्रदेशतर्फ राष्ट्रियसभा सदस्य रिक्त पदका लागि हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमा हुने मतदानको लागि तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत रहेका मकवानपुर जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार बिहीबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म हुने निर्वाचनका लागि तीनवटा बुथ राखिने भएको छ । ‘क’ बुथमा प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् भने ‘ख’ मा स्थानीय तहका प्रमुख, उपप्रमुखले मतदान गर्नेछन् । यस्तै कोरोना भाइरस संक्रमण भएका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुखका लागि ‘ग’ बुथ राखिनेछ ।

यस्तै निर्वाचनमा खटिने सबै कर्मचारी, सुरक्षाकर्मीहरुको पनि अनिवार्य पीसीआर परीक्षण गरिएको श्रेष्ठले बताउनुभयो ।