पोखरामा जुवा खेलिरहेका र खेलाउने १३ जना नगदसहित पक्राउ

JUWA-TASH-KASKI

साउन २८, कास्की,

कास्कीको पोखरामा जुवातास खेलाउने र खेल्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरामहानगरपालिका १० उत्तमचोकस्थित बत्तीसचर्च पछाडि ईश्वरी पौडेलको घरको फ्ल्याट भाडामा लिई बस्ने सरु गुरुङसहित १३ जनालाई ३ लाख ५१ हजार ५४० रुपैया नगद र तास सहित बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुका विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइएको वडा प्रहरी कार्यालय रामबजार कास्कीले जानकारी दिएको छ ।