गुल्मीमा जीप दुर्घटनामा परि ३ जनाको मृत्यु (परिचय सहित) अन्य ७ घाईते

durghatana

साउन १३, गुल्मी,

गुल्मीमा जीप दुर्घटना ३ जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जिप मुसिकोट नगरपालिका–४ भङ्ल्याङमा दुर्घटना हुदाँ सात जना घाइते भएका हुन् ।

दुर्घटनामा चन्द्रकोट गाउँपालिका–५ हरेवा बस्ने ४४ वर्षका रेशम कार्की, चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर घर भई चन्द्रकोट गाउँपालिका–५ हरेवामा होटल गरी बस्ने ४३ बर्षका तेज बहादुर खत्री र रेसुङ्गा नगरपालिका २ बाख्रेछेडा बस्ने ६२ बर्षकी सुनिता विकको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

जीप सडकबाट करिब ५ सय मिटर तल खसेको हो । दुर्घटनामा घाइते भएका ७ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ ।