पोखरामा अक्सिजनको अभाब छैन : डा. बाबुराम आचार्य

oxijan

जेठ १, पोखरा,

जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख डा. बाबुराम आचार्यले अक्सिजन अभाबकै कारण पोखरामा बिरामीले ज्यान गुमाउन पर्ने अवस्था नरहेको बताउनुभएको छ । यसअगाडि अक्सिजनको एक्कासि माग बढ्दा व्यबस्थापनमा केहि समस्या भएको तर पोखरामा अक्सिजनको अभाव नरहेको डा. आचार्यले जानकारी दिनुभयो ।

अहिले पोखराका बिभिन्न अस्पतालमा गरि दैनिक एक हजारको हाराहारिमा सिलिण्डर ग्यास कोरोना संक्रमितको उपचारका लागि खर्च हुँदै आएको छ ।
पोखराका निजि स्तरमा संचालित पोखरा अक्सिजन प्रालीमा दैनिक ९ सय र कालिगण्डकी अक्सिजन प्रालिमा दैनिक ६ सय गरि दैनिक १ हजार ५ सय सिलिण्डर ग्यास उत्पादन भईरहेको कम्पनिले बताएका छन् । अहिले दुवै कम्पनीमा शसस्त्र प्रहरी राखेर बिरामीको चाप हेरेर अस्पतालहरुलाई अक्सिजन बितरण गरिरहेको डा. आचार्यले बताउनुभयो ।

अहिले ग्यास अभाव नभएपनि बिरामीको चाप यसरी नै बढ्दै गएमा केहि दिनमा अभाव सिर्जना हुनसक्ने भन्दै डा. आचार्यले त्यसका लागि भने तयारी गर्नु पर्ने बताउनुभयो ।

यस्तै पोखराको गण्डकी अस्पतालमा बतास ग्रुपको अगुवाईमा नयाँ अक्सिजन प्लान्ट निर्माणको लागि सहयोग संकलन पनि भईरहेको छ । करिव तिन करोड लागतमा सम्पन्न हुने प्लान्ट निर्माणका लागि दुईकरोड बढि सहयोग संकलन भईसकेको छ । करिव महिना दिनभित्रमा प्लान्ट संचालन गर्नेगरि काम भईरहेको बतास ग्रुपले बताएको छ ।