पोखराका मेयर जिसीलाई मस्तिष्कघात भएपछि थप उपचारका लागि काठमाण्डौं लगियो

Mayor-GC-birami

साउन १, पोखरा,

कास्कीको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएपछि थप उपचारका लागि काठमाण्डौं लगिएको छ ।

शुक्रबार बिहान बिहान ४ बजे बिरामी परेपछि जिसीलाई तुरुन्तै पोखराकै मनिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । परिक्षण पछि जिसिलाई चिकित्सकले मस्तिष्कघात पुष्टि गरेको उहाँ निकट स्रोतले जानकारी दिएको छ ।

डाक्टरहरुको सल्लाहअनुसार नै हेलि एभरेष्टमार्फत् उहाँलाई काठमाडौंको बाँसबारीस्थित स्नायु (न्युरो) अस्पताल लगिएको हो ।
सामान्य बोलचाल गर्न सक्ने भएपनि मस्तिष्कघातका कारण एक नशा ब्लक भएको स्रोतले बताएको छ । स्वास्थ्यकर्मीका अनुसार मेयर जिसीको अवस्था भने खतरामुक्त रहेको छ ।