ढुंगा, गिट्टी, र बालुवा निकासी खुला गर्ने निर्णय फिर्ता लिन नागरिक समाजको माग, निर्णय फिर्ता नलिए सत्याग्रह गर्ने शान्ति समाजको चेतावनी

dhunga

जेठ २२, कास्की,

बजेट मार्फत ढुंगा, गिट्टी, बालुवा तेस्रो मुलुकमा निकासी खुला गर्ने सरकारको निर्णयप्रति जागरुक नागरिक समाजले ध्यानाकर्षण भएको जनाएको छ ।

नागरिक समाजले शनिवार विज्ञप्ती जारी गर्दै सरकारको निर्णयको अन्तर्निहित आशय प्रष्ट नभएको तथा धेरै अन्योल र आशंका उत्पन्न भएका कारण ध्यानाकर्षण भएको जनाएको हो ।

सरकारले गिट्टी बालुवा बेचेर कमाउने भन्दा बढी पैसा राष्ट्रपति चुरेभावर संरक्षण कार्यक्रममा लगाइसकेको बताउँदै नागरिक समाजले मनोमानी ढंगले सरकारले लिएको निर्णय गलत आशय मात्र नभएर भ्रष्ट मानसिकताको उपज भएकाले निर्णय तुरुन्त फिर्ता मागसमेत गरेको छ ।
यसैबिच
मानवअधिकारवादी संस्था शान्ति समाजले चुरे क्षेत्रको दोहन रोक्ने निर्णय फिर्ता नलिए सत्याग्रह गर्ने चेतावनी दिएको छ । विश्व वातावरण दिवसको अवसरमा सो संस्थाले चुरे क्षेत्रको दोहन र वातावरण विनाशविरुद्ध सत्याग्रह गर्ने चेतावनी दिएको हो ।

चुरे ध्वस्त गर्ने गरी ल्याइएको ढुंगा गिटी निकासी गर्ने निर्णय तत्काल सच्याउन पनि माग गरिएको छ । जीवनचक्र परिस्थिति सन्तुलनमा जोड दिदै हिमाल वचाउ आन्दोलन पनि संचालन गरिरहेको समाजले दाबी गरेको छ ।