पछिल्लो २४ घण्टामा गण्डकीका ४ सय ३८ सहित देशभर थप ३ हजार १ सय ८ जनामा कोरोना संक्रमण पुष्टी

corona update

साउन ५, कास्की,

मंगलबार गण्डकी प्रदेशका थप ४ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २ सय ४ जनामा गरिएको नमुना परीक्षणमा ४३८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका १७९ जना सहित नवलपुरका ७४ जना, बागलुङका ६१ जना, स्याङ्गजाका २९ जना, लमजुङका २५ जना, तनहुँ, गोरखा र म्याग्दीका विसविस जना, मनाङका ७ जना र पर्वतका ३ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६२ हजार ३६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २६९ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५८ हजार २९३ पुगेको छ ।

मंगलबार गण्डकीमा थप ७ जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्कीका ४ जना सहित स्याङ्गजा, म्याग्दी र लमजुङका एकएक जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०३८ पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
देशभर थप ३ हजार १ सय ८ जनामा संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १ सय ३५ जनाको परीक्षणमा २३ दशमलव ६७ प्रतिशतमा संक्रमण देखिएको हो ।

यस्तै मंगलबार थप २५ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट ९ हजार ६ सय ७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १५ सय ९५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमित बढेर २६ हजार ४ सय १९ पुगेका छन् ।