नेप्से परिसुचक र कारोबार रकममा दुबैमा नयाँ रेकर्ड

nepsee

जेठ १०, काठमाण्डौ,

शेयर बजार कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा आज (सोमवार) नयाँ रेकर्ड कायम भएको छ ।

आज नेप्से परिसूचक ३ दशमलव ०७ अङ्कले बढेर २८ सय २३ दशमलव ०६ अङ्कमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । यस्तै आज १३ अर्ब १७ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । यो एक दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार हो ।

आज १३ अर्ब १७ करोड ५३ लाख रुपैयाँ बराबरका दुई करोड ७१ लाख कित्ता शेयर किनबेच भएको छ । यसअघिको ११ अर्ब ५५ करोड रुपैयाँको रेकर्ड आज एक हप्तामै तोडिएको हो । सबैभन्दा धेरै आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको एक अर्ब २६ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।