गण्डकीमा थप चार जनाको कोरोना संक्रमणबाट मृत्यु

deth corona

बैशाख २४, कास्की,

आज विहानै गण्डकी प्रदेशमा थप चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखराका १ जना सहित पर्वत र तनहुँ जिल्लाका गरी चार जना संक्रमितको मृत्यु पुष्टि भएको हो ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका २५ निवासी ६८ वर्षीय पुरुष सहित पर्वतको जलजला गाउँपालिका ३ निवासी ६३ वर्षीय पुरुष त्यस्तै कुश्मा नगरपालिका ९ निवासी ५३ वर्षीय पुरुष र तनहुँको व्यास नगरपालिका १ निवासी ६० वर्षीया महिला रहेका छन् ।

मृतकहरु मध्ये पर्वत जलजलाका पुरुषको होम आइसोलेसन मृत्यु भएको हो भने, अन्यको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । यो सँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ४५ पुगेको शर्माले निर्देशनालयले बताएको छ ।