लायन्स क्लब अफ पोखरा पुस्पाञ्जलीद्धारा विभिन्न निर्णय गर्दै बर्ष २०२१/२२ को पहिलो बोर्ड बैठक सम्पन्न

a1

साउन ७, कास्की,

लायन्स क्लब अफ पोखरा पुस्पान्जलीले बर्ष २०२१/२२ को पहिलो बोर्ड बैठक मार्फत विभिन्न विषयमा निर्णय गरेको छ ।

वर्ष २०२१/२२ का नवनिर्वाचित सदस्यहरुलाई माइन्युट हस्तान्तरण गर्दै आफ्नो पहिलो बैठकले डिस्टृकको मुख्य कार्यक्रम लायन्स नमुना भिलेज अन्तर्गत क्लबको तर्फ बाट रु २५ हजार सहयोग गर्ने निर्णय गरेको छ ।

उक्त सहयोग रकम बर्ष २०२०/२१ कि अध्यक्ष लायन दुर्गा रन्जित श्रेष्ठले क्लबलाई उपलब्ध गराउने घोषणा गर्नुभएको छ । बैठकले उक्त प्रस्ताव सर्वसम्मतले पारित गरेको हो ।


निवर्तमान अध्यक्ष श्रेष्ठलाई कार्यकाल सफलता पुर्वक सम्पन्न गरेकोमा धन्यवाद दिँदै नवनिर्वाचित समितिले सम्मान समेत गरेको थियो ।

बर्ष २०२१/२२ का अध्यक्ष लायन कमल नाथ बरालको अध्यक्षतामा भएको पहिलो बैठकको बर्ष २०२१/२२ का सचिब लायन डिल्लिराम पौडेलले सहजिकरण गर्नु भएको थियो ।