कास्की ३ (२) मा नेपाली काँग्रेसका प्रकाश बराल विजयी

पाेखरा । कास्की क्षेत्र नम्वर ३ (२) बाट नेपाली काँग्रेसका प्रकाश बराल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजीव पहारीलाई ४६५ मतान्तरले पराजित गरेका हुन् ।

शुक्रवार विहान सम्पन्न मतगणनामा बरालले १२,३६७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पहारीले ११,९०२ मत प्राप्त गरे ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिराम भण्डारीले २,५६०
मत प्राप्त गरेका छन् ।