
जेठ ८, पोखरा,
परिवर्तन नेपालले कास्कीको पोखरा १ सिम्पानी अन्तर्गत पर्नेे कस्केरीका अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरको छ ।
कोरोनाका कारण निशेद्याज्ञा जारी भैरहेको अवस्थामा त्यहाका ४० परिवारलाई संस्थाले खाद्यान्न सहयोग गरेको संस्थाका सहसचिव तथा कार्यक्रम सहसंयोजक अभिमन्यु पाण्डेले जानकारी दिनुभयो ।
उहाँले काममा जान नसकेका अति विपन्न परिवारलाई चामल, नुन, तेल, आलुलगाएतका सामाग्री सहयोग गरिएको संस्थाका बताउनुभयो । संस्थाले यसका साथै पोखराका विभिन्न वडामा निशुल्क स्वाब संकलन तथा स्वास्थ्य चेकजाँच कार्यक्रम पनि गर्दै आएको उहाँको भनाई छ ।