बुधबार गण्डकीका ९ सय ४१ जना कोरोना संक्रमण मुक्त, देशभर थप संक्रमित भन्दा संक्रमण मुक्त हुनेको संख्या धेरै

corona desvar

जेठ १२, पोखरा

नेपालमा बुधबार कोरोना भाइरसबाट सङ्क्रमित हुने भन्दा निको हुने धेरै रहेका छन् । बुधबार देशभर ६ हजार ७ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुँदा ६ हजार ७ सय १६ जना निको भएका छन् ।
योसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चार लाख ११ हजार ६ सय तीन पुगेको छ । कोरोनामुक्त हुने दर ७६ दशमलव ९ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार ३० जनाको पीसीआर र तीन सय २२ जनाको एन्टिजेन परीक्षण गर्दा ६ हजार सात सय १४ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाख ३५ हजार पाँच सय २५ पुगेको छ ।

यस्तै कोरोना भाइरसको सङ्क्रमणका कारण बुधबार थप १ सय ४५ जनाको ज्यान गएको छ । नेपालमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार आठ सय ८५ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबिच बुधबार गण्डकीमा थप १ हजार ७९ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २ हजार २२३ जनामा गरिएको नमुना परीक्षणमा थप १ हजार ७९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप पुष्टि भएका संक्रमित मध्य कास्कीका ३ सय ७० जना सहित तनहुँका १६६, गोरखाका २१८, लमजुङका ३६, नवलपुरका ११८, स्याङ्गजाका ५०, पर्वतका ६५, बाग्लुङका ११, म्याग्दीका ३६, मुस्ताङका ८ र मनाङ जिल्लाका १ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३७ हजार ९ सय ५४ पुगेको छ । जसमा १० हजार ७ सय ३९ सक्रिय संक्रमित रहेका छन् । बुधबार गण्डकीमा ९ सय ४१ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २६ हजार ६ सय ३८ पुगेको छ ।

बुधबार पनि गण्डकीमा ७ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु पुष्टि हुनेमा कास्कीका ४ जना, स्याङ्गजाका दुई जना र लमजुङका १ जना रहेका छन् । योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ सय ७७ पुगेको निर्देशनालयले जनाएको छ ।