पोखरा महानगरको शिक्षा महाशाखामा अनेरास्ववियुद्धारा तालाबन्दी(विज्ञप्ति सहित)

talabandi-aneraswobiyu pokhara

भदौ १, कास्की,

अनेरास्ववियु कास्कीले पोखरा महानगरपालिकाको शिक्षा महाशाखामा तालाबन्दी गरेको छ ।
महानगरले कक्षा ११÷१२ का विद्यार्थीलाई दिइने छात्रावृत्ति महानगरले निजी विद्यालयको जिम्मा लगाएपछि तालाबन्दी गरिएको अनेरास्ववियु कास्की संयोजक विजय पौडेलले बताए ।
२ वर्षदेखि महानगरले छात्रवृत्तिलाई निजी विद्यालयको जिम्मा लगाइदिएको र जेहेन्दार तथा गरिब विद्यार्थी छात्रवृत्तिबाट बञ्चित हुने अवस्था आएपछि तालाबन्दी गरिएको उनले बताए ।
‘२ वर्षदेखि कोरोना भन्दै महानगरले परीक्षा नलिई निजी विद्यालयको जिम्मा लगाएको छ, अनलाइन परीक्षा लिन सकिन्छ, कि त ग्रेड हेरेर महानगर आफैंले छात्रवृत्ति दिन सक्छ नि,’ पौडेलले भने ।