मदन–आश्रितको हत्या भएको हो, यसमा ठूला शक्तिको हात छ : ऋषि कट्टेल

risi kattel

जेठ ३, काठमाण्डौ,

वि.सं. २०५० साल जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जिप चितवनको दासढुङ्गामा दुर्घटना भयो । तर, मदन–आश्रितको रहस्यमय ढंगले हत्या भएको विभिन्न आयोगहरूले निष्कर्ष निकाल्यो । तर, मदन–आश्रितको २८ औँ स्मृति दिवस मनाउँदै गर्दासमेत घटनाबारे थप छानविन हुन सकेको छैन ।

madan-ashrit

एमाले पटक पटक सत्तामा पुग्दासमेत मदन–आश्रित हत्याकाण्डबारे छानविन गर्न नचाहेको आरोप लाग्दै आइरहेको छ । यो घटनालाई राजनीतिक दाउपेचका लागि मात्रै एमालेले प्रयोग गरेको आरोप लागिरहँदा छानबिन आयोगका अध्यक्ष अर्थात् उनै केपी शर्मा ओली यतिखेर नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्री समेत रहनुभएको छ ।

मदन भण्डारीकी श्रीमती विद्यादेवि भण्डारी सोही पार्टीबाट राष्ट्रपति हुनुभएको छ । तर, यो घटनाबारे छानबिनको लागि भने कतैबाट पनि पहल भएको पाईँदैन । मदन–आश्रितसँग दुर्घटना भएकै दिन सोही जीपमा रहनुभएका अर्का व्यक्ति हुनुहुन्छ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ऋषि कट्टेल । पोखराबाट मुग्लीन सम्म सँगै रहेर मुग्लीनबाट आफु गोरखा तर्फ गएको र मदन भण्डारी र जीवराज आश्रित भोलिपल्ट चितवनमा हुने कार्यक्रमकोलागि त्यसतर्फ जाँदा मदन–आश्रितको जिप दुर्घटनामा परि मृत्यु भएको थियो ।

कट्टेलले पत्रकारहरुसँग कुराकानि गर्दै त्यो दुर्घटना नभई हत्या भएको आफुले बताउँदै आएपनि ठूला शक्तिहरु यसमा संलग्न रहेकोले घटनाको सत्यतथ्य बाहिरिन नसकेको बताउनुभएको छ । सत्तासिनहरुले हत्याराको खोजि गर्दा आँफु पनि सुरक्षित नहुने डरले नै यसविषयमा गहिरो छानविन हुन नपाएको कट्टेलको भनाई रहेको छ ।

उहाँले विभिन्न समयमा गठित छानबिन आयोग र पार्टीबाट पनि त्यसबारेमा छानविनको लागि चासो नदेखाएको भन्दै सबैले आआफ्नो पद पाएपछि चुपचाप बसेको दाबि गर्नुभएको छ ।