पोखराको सराङकोटमा सवारी दुर्घटनामा परी नवलपरासीका एकको मृत्यु

durghatana

साउन ३१, कास्की,

पोखराको सराङकोटमा आज भएको कार दुर्घटनामा नवलपरासीका बद्री खत्रीको ज्यान गएको छ ।

कार चलाइरहेका उनीसमेत ३ जना घाइते भएकोमा उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइएकोमा खत्रीलाई पौने १० बजे चिकित्सकले मृत घोषणा गरेको कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दीपक केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा पोखराका सपना घोताने र किरण अर्याल घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ । अस्पतालमा उनीहरुको उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो । ।

उहाँका अनुसार बिहान ६ बजे ग १ च ७२३४ नम्बरको कार सडकबाट तल खसेको थियो ।