चीनको हेनानमा बाढीमा परी ५६ जनाको मृत्यु

chin

एजेन्सी,
साउन १०, कास्की,

चीनको हेनान प्रान्तमा भारी वर्षापछिको बाढी तथा डुबानका कारण कम्तीमा ५६ व्यक्तिको मृत्यु भएको छ।

बाढीपछि करिब ५ लाख मानिसलाई अस्थायी रूपमा सुरक्षितथलमा लगिएको ग्लोबल टाइम्सले प्रान्तीय सरकारलाई उद्धृत गर्दै समाचार लेखेको छ।

पिपुल्स लिबरेशन आर्मी (पीएलए) केन्द्रीय थिएटर कमान्डले २५ हजार सैनिक, सशस्त्र प्रहरीलाई हेनानको लागि पठाएको छ । ती सुरक्षा अधिकारी बाढीमा फसेका मानिसहरुलाई सुरक्षित रुपमा उद्धारको गर्नको लागि पठाइएको समाचारहरुमा उल्लेख छ।

गएको साताको अन्तदेखि मुसलधारे वर्षाले हेनान प्रान्तलाई सताएको छ । प्रान्तीय राजधानी झेङझाओमा १२ करोड व्यक्ति प्रभावित भएका छन् । झेङझाओको मौसम विभागले यस वर्षाको स्तरलाई एक हजार वर्षपछि आएको विपत्ति भनी वर्णन गरेको छ।