सरकारले चीनबाट ४ सय खाली सिलिण्डर ल्याउँदै

Oxygen-cylinder

बैशाख २५, काठमाण्डौ,

सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिण्डर ल्याउने भएको छ । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले २० हजार खाली सिलिण्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिण्डर ल्याउने निर्णय गरेको हो ।

सिलिण्डर ल्याउनका लागि पर्सि नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको छ । बीस हजारमध्ये दुई हजार जहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने सरकारको योजना रहेको छ । नेपाल सरकारको अनुरोधमा चीन सरकारले निःशुल्क ती सिलिण्डर उपलब्ध गराउने भएको हो ।