पोखरा घटनाले देशमा सरकार कहाँ छ ? भन्ने गम्भिर प्रश्न सृजना गर्यो : नेपाली कांग्रेस

Bishwa_Prakash_Sharma

जेठ १४, कास्की,

नेपाली कांग्रेसले अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित ६ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद र कारुणिक भएको बताएको छ ।

कांग्रेस प्रवक्ता एवं प्रमुख विश्वप्रकाश शर्माले समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित ब्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसक्नुको परिणाममा उपचाररत बिरामीको ठूलो संख्यामा एकसाथ निधनले राज्यको अकर्मण्यता पुष्टि त गरेको छ नै सरकार कहाँ छ ? भन्ने गम्भीर प्रश्न पनि सृजना गरेको बताउनुभएको छ ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै प्रवक्ता शर्माले जनताको मृत्यु यसरी कहालीलाग्दो ढंगले हुँदै गर्दा सरकार मानवीय कर्तव्यमा भन्दा असंवैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दुर्भाग्य भएको बताउनुभएको हो ।

’देशभरका सरकारी हुन् या निजी क्षेत्रका अस्पताल अक्सिजनको अभाव हुन नदिन अत्यावश्यक समन्वय गर्ने अनिवार्य दायित्व सरकारको हो,’ उहाले भन्नुभयो, ’सरकारले यो दायित्व निर्वाह नगरेर हुने र भएका गम्भीर घटनाहरुको जिम्मेवार पनि सरकार नै हो ।’

यसैगरि, नेपाली कांग्रेसले मृत्युको तथ्यांक राख्ने भूमिकाबाट सरकारमा रहँदासम्म जनताको जीवन रक्षाका लागि सम्पूर्ण रुपले केन्द्रित हुन प्रधानमन्त्रीलाई अपील गर्दै लापरबाहीले भएका प्रत्येक मृत्यु महंगो पर्ने चेतावनी पनि दिएको छ ।