पोखराबाट छुटेको बस तनहुँमा दुर्घटना

durghatana

साउन २५, कास्की,

पोखराबाट दमौलीतर्फ जाँदै गरेको यात्रुबाहक बस आज बिहान पौने १० बजेको समयमा दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ४२१५ नंको बस पृथ्वी राजमार्गको तनहुँको व्यास ५ कन्टारमा आफै अनियन्त्रित भइ सडकबाट अन्दाजी १०÷१२ फिट तल खस्न गई दुर्घटना भएको हो ।

बसमा सवार ९ जना घाइते भएकामा १ जनाको अवस्था गम्भीर छ । बाँकी २ जना मध्यम र ६ जना सामान्य रहेको प्रहरीको भनाइ छ । घाइतेको पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको र अवस्थामा सुधार भएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिनुभएको छ ।