नेपाली शेयर बजारमा नयाँ कीर्तिमान कायम

tt

जेठ ४, कास्की,

नेपाली शेयर बजारमा नयाँ कीर्तिमान कायम भएको छ । मङ्गलवार (आज) कारोबार रकम र नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेप्से परिसूचक ३४ दशमलव ५८ अङ्कले बढेर दुई हजार सात सय ९३ दशमलव ८९ अङ्कमा पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो ।

आज उत्पादनमूलक समूहबाहेक सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको परिसूचक दुई सय चार दशमलव १४ अङ्कले बढेको छ भने होटल र पर्यटन समूहको परिसूचक दुई सय अङ्कले बढेको छ ।

यस्तै आज दिनभर ११ अर्ब ३५ करोड ९३ लाख रुपैयाँभन्दा धेरैका दुई करोड ३१ लाखभन्दा धेरै कित्ता शेयर किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ६७ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३१ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।