आगामि दुई दिन पोखरासहित देशका अधिकांश स्थानमा वर्षा हुने

rain

साउन ११, कास्की

मनसुनी वायुको प्रभावले आगामी तीन दिन पोखरासहित देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ । आजदेखि विस्तारै न्यूनचापीय रेखा नेपालको मध्य स्थानमा रहेकोले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो प्रणालीका कारण आज सुदूपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुनेछ ।
मङ्गलबार राति गण्डकी प्रदेशका विभिन्न जिल्लाहरु सहित प्रदेश नं १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै बुधबार पनि देशैभर धेरै स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद नगरकोटिले आग्रह गर्नुभयो ।