मनसुन नेपाल भित्रिएकोले सतर्कता अपनाउन आग्रह

mansun

जेठ २८, पोखरा,

यसपालिको मनसुन भित्रिएको छ । सामान्यतया मनसुन जुन १० तारिखमा भित्रिने गर्छ । यसपालि एक दिन ढिला गरी मनसुन भित्रिएको हो ।

मौसम पूर्वानुमान महाशाखाले विज्ञप्ति निकालेर मनसुन भित्रिएको जनाएको छ । बङ्गालको खाडी आसपास विकसित भएको न्यूनचापीय क्षेत्रका कारण आज प्रदेश–१, प्रदेश–२ र वाग्मती प्रदेशमा मनसुन भित्रिएको महाशाखाले जनाएको छ । पूर्वी ठाउँबाट भित्रिएको मनसुन अबको एक÷दुई दिनमा नै देशैभरि फैलिने सम्भावना रहेको छ ।

मनसुन भित्रिएकाले आउँदो हप्ता देशका धेरै ठाउँहरुमा हल्कादेखि मध्यम र केही ठाउँहरुमा ठूलो वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।