कोरोनाका कारण विश्वमा एकैदिन करिब ९ हजारको ज्यान गयो

corona death

साउन २४, एजेन्सी,

पछिल्लो २४ घण्टामा विश्वमा कोरोना संक्रमणका कारण थप ८ हजार ९१२ जनाको मृत्यु भएको छ।

योसँगै विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ४२ लाख ९८ हजार ६५३ पुगेको छ।

वल्डोमिटर्सको तथ्याङ्काअनुसार बितेको चौबिस घण्टामा कोरोनाका कारण सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ५८८ जनाको मृत्यु भएको छ।
ब्राजिलमा १ हजार २७५ र रुसमा ७९३ जनाको मृत्यु भएको छ।