साफ च्याम्पियनशिप नेपालमा आयोजना गर्न महासचिवको प्रस्ताव

saff_championship

साउन १०, काठमाण्डौ,

अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) ले अक्टोबरमा आयोजना हुने १३ औँ संस्करणको साफ च्याम्पियनशिप आयोजना गर्नका लागि औपचारिक प्रस्ताव प्राप्त गरेको छ । साफका महासचिव अनवारुल हकले पछिल्लो च्याम्पियनशिप नेपालमा आयोजना गर्न प्रस्तावसहित एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्नुभएको हो ।
अब च्याम्पियनशिपको विस्तृत प्रस्ताव तयार हुने र स्वीकृतिका लागि साफमा पठाउने एन्फका महासचिव इन्द्रमान तुलाधारले बताउनुभएको छ । अब एन्फाले पठाएको प्रस्तावको समीक्षापछि साफका अध्यक्ष र साफ कार्यकारी कमिटीले प्रतियोगिताको आयोजकका बारेमा अन्तिम निर्णय लिनेछ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण बङ्गलादेश फुटबल महासङ्घ आयोजकबाट पछि हटेपछि आयोजना कसले गर्ने भनेर गएको जुलाई २३ मा सदस्य देशबीच एम भर्चुअल बैठक भएको थियो । यसअघि नेपाल सन् १९९७ र २०१३ मा साफको आयोजक बनेको थियो ।