प्रधानमन्त्री देउवासँग छलफल पछि प्रचण्ड एमाले नेता नेपाललाई भेट्न कोटेश्वरमा

prachanda deuwa nepal

साउन १४, काठमाण्डौ,

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज(बिहिबार) बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसैबिच
प्रचण्ड’ले नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गरेपछि अध्यक्ष दाहाल नेता नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वर पुग्नुभएको हो । सत्तारुढ गठबन्धनको छलफलपछि दाहाल कोटेश्वर पुग्नुभएको हो । बिहीबार बालुवाटारमा सत्ता गठबन्धनका नेताहरूको छलफल भएको थियो ।

छलफलमा नेता नेपाल र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी थिएनन् । गठबन्धनले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरे पनि नेपालले भने मान्नुभएको छैन ।

बालुवाटारमा भएको नेपाली कांग्रेस, माओवादी र जसपाबीचको छलफलमा कांग्रेसले ८ तथा माओवादी र जसपाले ७–७ मन्त्रालय पाउने सहमति भएको थियो ।

यसअघि बुधबार बसेको सत्ता गठबन्धनको बैठकले छिटो मन्त्रिपरिषद विस्तार गर्ने र मन्त्रीहरु टुंगो लगाउने जिम्मा शीर्ष नेताहरुलाई दिने निर्णय गरेको थियो ।