गण्डकीको नीति तथा कार्यक्रम कार्यकर्ता पोस्ने खालको छ : प्रतिपक्षी एमाले

4

जेठ ३१, कास्की,

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रदेश सरकारले जारी गरेको नीति तथा कार्यक्रम कार्यकर्ता पोस्ने किसिमको भएको प्रतिक्रिया दिएको छ । नेकपा एमालेका नेता रामशरण बस्नेतले कोभिडबाट ज्यान गुमाएक परिवारलाई नगद राहत दिने कार्यक्रम ठीक नभएको बताउनुभएको हो । उहाँले यो कार्यक्रम कार्यकर्ता पोस्नको लागि भएको आरोप लगाउनुभएको छ ।

प्रदेश सरकारले कोभिड–१९ बाट बुवाआमा गुमाएका बालबालिकाहरुलाई नगद राहत साथै संक्रमणका कारण जीवन गुमाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगाएतका आम नागरिकका परिवारलाई नगद राहत दिने उल्लेख गरिएको छ ।

यस्तै, संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममा थप नयाँ कार्यक्रम १२ वटा मात्र आएको भन्दै यसबारे अरु धेरै नबोल्ने प्रारम्भिक प्रतिक्रिया दिनुभएको छ ।