कास्कीका १४९ सहित देशभर थप २ हजार ३ सय ९८ जनामा कोरोना संक्रमण पुष्टी

corona update

असार २९, कास्की,

मंगलबार गण्डकीमा थप ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १३१ जनामा गरिएको नमुना परीक्षणमा ३४४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका १४९ जना सहित, तनहुँका ४३ जना, गोरखाका ३० जना, लमजुङका २० जना, नवलपुरका १९ जना, स्याङ्गजाका १२ जना, पर्वतका १७ जना, बागलुङका ५१ जना र म्याग्दीका ३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ४४८ जना कोरोनामुक्त भएका छन् ।

त्यस्तै मंगलबार गण्डकीमा थप ६ जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टी हुनेमा तनहुँ, बाग्लुङ, म्याग्दी, लमजुङ नवलपुर र स्याङ्गजा जिल्लाका एकएक जना रहेका छन् ।
यसैबिच
पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय ९८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

७ हजार ५८ जनामा गरिएको पिसिआर परीक्षणबाट १ हजार ६ सय ३९ जना संक्रमित र ३ हजार ९ सय ५४ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ७ सय ५९ जनामा संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार देशभर १२ संक्रमितको मृत्यु भएको छ भने २ हजार ७८ जनाले कोरोनालाई जितेका छन् ।