नेप्से परिसूचक आज सामान्य बढ्यो

lagani

बैशाख २१, काठमाण्डौ

नेप्से परिसूचक मङ्गलवार (आज) सामान्य बढेको छ । कारोबार हुने हप्ताको तेस्रो दिन आज परिसूचक १ दशमलव ९४ अङ्कले बढेर दुई हजार ६ सय ५४ दशमलव ६९ विन्दुमा पुगेको छ ।

आज व्यापारको शेयर ९२ दशमलव ९३ अङ्कले, हाइड्रोपावरको ३० दशमलव ९२ र माइक्रोफाइनान्सको शेयर एक सय ३७ दशमलव ८२ अङ्कले बढेको छ । आज होटल र पर्यटनको शेयर ३५ दशमलव ७७ अङ्कले, निर्जीवन बीमाको ३६ दशमलव ६१ र जीवन बीमा समूहको शेयर भने ६४ दशमलव २३ अङ्कले घटेको छ ।

आज दुई सय १३ कम्पनीका एक करोड ३० लाख कित्ता शेयर ६ अर्ब पाँच करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको २३ करोड रुपैयाँको शेयर कारोबार भयो । आज समता घरेलु लघुवित्त र महिला लघुवित्तको शेयर दश प्रतिशतले बढेको छ ।

त्यस्तै विशाल बजार कम्पनी, सपोर्ट माइक्रोफाइनान्स, राधी विद्युत् लगायत सात कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।