जेलबाट मुक्त भए जस्तै भाछ : अमिक शेरचन

amik-sherchan 1

बैशाख २१, पोखरा,

गण्डकी प्रदेशको प्रदेश प्रमूखबाट पदमुक्त हुनुभएका अमिक शेरचनले पदमुक्त भएपछि जेलबाट मुक्त भएको जस्तै लागेको बताउनुभएको छ । आज विहान पोखरामा पत्रकारहरुसँग कुराकानि गर्दै शेरचनले पार्टीको निर्णयका कारण बाध्य भएर प्रदेश प्रमूख स्वीकार गरेको भन्दै आफूले पदको लागि कहिल्यै राजनीति नगरेको बताउनुभएको छ ।

सोमबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शेरचन र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमूखलाई पदमुक्त गर्नुभएको थियो ।
शेरचनले विगतमा राष्ट्रपति, प्रधानमन्त्री पदको प्रस्ताव आउँदा पनि आँफुले स्वीकार नगरेको पनि दावी गर्नुभएको छ ।

शेरचनलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले १८ महिना अघि प्रदेश प्रमूखमा सिफारिस गरे पछि राष्ट्रपतिले नियुक्त गर्नुभएको थियो । शेरचनले १८ महिने आफ्नो कार्यकालमा संविधान विरोधि कुनै कार्य नगरेको भन्दै आफु पदमा हुँदा कसैको मन दुखाउन बाध्य बनेको भए त्यो कानुन संवत नै गरेको बताउनुभएको छ ।

शेरचनको प्रेस बक्तव्य पूर्ण पाठ