कास्कीमा जारि निषेधाज्ञामा कडाई : खाद्य पसलहरु पनि विहान ९ बजेपछि बन्द

nised

बैशाख २१, पोखरा,

कास्कीमा आजदेखि निषेधाज्ञामा थप कडाइ गरिएको छ । यसअघि कास्कीमा वैशाख १५ गतेबाट एक साताका लागी खुकुलो गरी निषेध आदेश जारी भएकोमा कास्की प्रशासनले आजबाट ३१ गते राति १२ बजे सम्मका लागि थप आदेश सहितको कडा निषेधाज्ञामा कडाइ गरेको हो ।

कास्कीमा नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढ्दै गएपछि प्रशासनले थप कडाइसहित जारी गरेको आदेशलाई कास्कीमा हुबहु कार्यान्वयनमा ल्याइएको कास्की प्रहरी प्रहरी प्रमुख एसपी जीवन कुमार श्रेष्ठले बताउनुभयो ।

एसपी श्रेष्ठले प्रशासनले तोके बाहेकका सवारीसाधन सञ्चालनमा पूर्ण बन्देज लगाइएको र बिहान ५ बजेदेखि ९ बजेसम्म खुला गर्न अनुमति दिइएका पेसा व्यवसायलाई पनि ९ बजेबाट बन्द गराइएको बताउनुभयो ।
एसपी श्रेष्ठले कडाईकासाथ गरिएको निषेधाज्ञामा आज बिहान मात्रै एक सय १३ सवारी साधन नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । साथै उहाँले निषेधाज्ञाको पालना गर्न सबैमा अपिल समेत गर्नभएको छ ।