सरकारद्धारा गण्डकी र सुदूरपश्चिम प्रदेशको प्रमुखमा पौडेल र यादव नियुक्त

yadav_poudel pc

बैशाख २०, कास्की,

सरकारले गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गङ्गाप्रसाद यादवलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।

यसअघि गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त पदमुक्त भएपछि उहाँहरूको ठाउँमा पौडेल र यादवलाई नियुक्त गरिएको हो ।

दुवै प्रदेशमा माओवादी निकटका प्रदेश प्रमुख थिए । प्रदेश प्रमुखका कारण गण्डकीमा एमाले सरकारले मनपरी गर्न नपाएको र सुदूरपश्चिममा माओवादीको सरकारलाई सजिलो बनाइदिएको सरकारका मन्त्रीहरूले बताउँदै आएका थिए ।