देशभर थप ३७ कोरोना संक्रमितको मृत्यु हुँदा गण्डकीमा थपिए २०३ संक्रमित

corona

बैशाख २०, कास्की

नेपालमा कोरोना सङ्क्रमणका कारण थप ३७ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ३७ जनाको ज्यान गएको र अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ३ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ७ हजार ४ सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५४ हजार ४१ जना रहेको मन्त्रालयले जनाएको छ ।

यसैबिच पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप २ सय ३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । थपभएका संक्रमितमा बाग्लुङ जिल्लाका सबैभन्दा बढी ७१ जना रहेकाछन् ।

त्यस्तै कास्कीको पोखरामा ४६ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार अन्य थप संक्रमितमा नवलपरासी पूर्वका ३९ जना, गोरखामा २१ जना, स्याङजाका १४ जना , पर्वतका ५ जना, मनाङका ३ जना सहित लमजुङ र तनहुँका २,२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशभर कुल कोरोना संक्रमितको संख्या १९ हजार ४ सय २४ पुगेका छ । हाल प्रदेशभर २ हजार १ सय ८३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । हालसम्म गण्डकी प्रदेशमा कोरोनाका कारण २ सय ३२ जनाको ज्यान गएको निर्देशनालयले बताएको छ ।