झापाको कोइला फ्याक्ट्रीमा १२ घण्टाअघिदेखि भीषण आगलागी

ago 2

बैशाख २०, झापा,


झापाको मेचीनगर नगरपालिका–१५ स्थित मिलकोटी स्थित बायोग्यास कोइला फ्याक्ट्रीमा आज विहानैदेखि भीषण आगलागी भएको छ ।

आगलागी भएको १२ घण्टा बिते पनि आगो नियन्त्रणमा आउन सकेको छैन । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार सोमबार बिहान ३ बजे बिद्युत सर्ट भइ लागेको आगलागीका कारण १५ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणको प्रयास

आगो नियन्त्रणमा ७ वटा दमकलसहित सेना,प्रहरी,स्थानीयवासी परिचालित भएका छन् । ईलाका प्रहरी कार्यालय धुलावारीले आगो नियन्त्रणको प्रयास भईरहेको जनाएको छ ।