गण्डकी प्रदेशसभा सञ्चालनका लागि मंगलबार शीर्षतहमा छलफल हुने

gandaki sarkar

बैशाख २०, पोखरा,

गण्डकी प्रदेशमा प्रदेशसभा सञ्चालनका लागि सभामुख र प्रदेशका शीर्ष नेताहरूबीच छलफल हुने भएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नभएपछि शीर्ष तहमा छलफल हुन लागेको हो ।

गण्डकी प्रदेशसभाको कार्यसूची तय गर्न बसेको समितिको बैठक विनानिष्कर्ष टुंगिएको सत्तारुढ एमाले सांसद कृष्ण थापाले जानकारी दिनुभएको हो । उहाँले भोलि (मंगलबार) सभामुखसहित पाँच दलका नेतासँगको छलफलपछि मात्रै संसद बैठक मिति तय गरिने आजको बैठकमा सहमति भएको बताउनुभयो ।

अविश्वास प्रस्ताव छलफलमा गइसकेको समयमा सभामुखले प्रदेशसभा स्थगित गरेपछि गण्डकी प्रदेशसभा गतिरोधमा फसको छ । वैशाख १५ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा अनिश्चितकालका लागि स्थगित गर्नुभएको थियो ।