दुई खेलाडी कोरोना सङ्क्रमित भएपछि आईपिएलको आजको खेल स्थगित

IPL

बैशाख २०, एजेन्सी,


इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा सोमवार राति अहमदाबादमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीच हुने खेल स्थगित भएको छ ।

कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि खेल नै स्थगित गर्ने निर्णय गरिएको हो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० ले प्रेस विज्ञप्ति निकाल्दै यसबारेमा जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सोमवार कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीच हुने खेलको अर्को तालिका प्रकाशित गरिनेछ । वरुण चक्रवर्ती और सन्दीप वारियरको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । टोलीका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । दुई खेलाडी आफैँ आइसोलेशनमा बसेका छन् ।’