कास्कीमा थप कडाईकासाथ निषेधाज्ञाको समय थप

nised

बैशाख २०, पोखरा

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि अति प्रभावित देशभरका ४२ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको छ । तीमध्ये ३१ जिल्लामा पूर्ण तथा ११ जिल्लामा निश्चित क्षेत्रमा निषेधाज्ञा लगाइएको हो ।
यसैबिच जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञाको समय थप गर्दै निषेधाज्ञामा पनि कडाई गरेको छ ।

वैशाख १५ गतेबाट २१ गते सम्म अत्यावश्यक वाहेकका सवारीसाधनमा समेत जोरविजोर प्रणालि लागु गरि निषेध आदेश जारी गरेको थियो । पुनः निषेधाज्ञाको समय थप गर्दै बैशाख २१ गते बिहान ५ बजेदेखि ३१ गते राति १२ बजे सम्मका लागि थप कडाइ गर्ने कार्यालयले बताएको छ ।

कास्की प्रशासनको विज्ञप्ति

अब जिल्ला भित्र अत्यावश्यक सवारीसाधनबाहेक यात्रुवाहक सार्वजनिक तथा निजी सवारीसाधनहरू सञ्चालनमा पनि रोक लगाइने भएको छ । प्रशासनले औषधी एवं स्वास्थ्य सामाग्रीका पसलहरू २४ सै घण्टा खुला रहने तथा उपभोग्य, खाद्यान्न पसलहरू बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म मात्र सञ्चालन गर्न भनेको छ । त्यस बाहेकका सम्पूर्ण पसल तथा स्टोरहरू सञ्चालनमा रोक लगाएको छ ।