प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने

kp-sharma-oli pm

बैशाख १९, काठमाण्डौ,

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने हुने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले वैशाख २७ गते आफुले सदनबाट विश्वासको मत लिने जानकारी गराउनुभएको हो ।

बैठक चलिरहँदा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानुभएको थियो ।